दफा १३
विदेशी प्रतिनिधि वा विशेषज्ञलाई उन्मुक्तिः
(१) केन्द्रको सम्मेलन वा बैठकमा भाग लिन आउने वा केन्द्रको काम कारवाहीको लागि खटी आउने देहायका प्रतिनिधि वा व्यक्तिलाई नेपालभित्र आउँदा, रहँदा तथा प्रस्थान गर्दा सन् १९६५ सेप्टेम्बर २८ देखि नेपाल पनि पक्ष भएको सन् १९४७ नोभेम्बर २१ मा पारित संयुक्त राष्ट्र संघीय विशेष संस्थाहरूको सुविधा तथा उन्मुक्ति सम्बन्धी सन्धिपत्र अनुसारको सुविधा तथा उन्मुक्ति प्रदान गरिनेछः–
(क) यूनेस्कोको प्रतिनिधि वा कर्मचारी वा विशेषज्ञ, र
(ख) समितिको सदस्य वा केन्द्रद्वारा निम्त्याइएका विदेशी सरकार वा विदेशी संस्थाका प्रतिनिधि ।
(२) उपदफा (१) मा उल्लिखित प्रतिनिधि वा व्यक्तिलाई नेपालमा आउन निशुल्क भिसा प्रदान गरिनेछ ।